काठमाडौँ, जेठ ८- सहकारी ठगीको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरु यथावत अडान भएकाले बैठक निष्कर्षविहीन भएको हो ।
नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राखेको थियो भने एमाले र रास्वपा त्यो कुरामा सहमत भएनन् ।
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ ।
समिति बनाउन कार्यादेश तयार पार्न गठित कार्यदलको मंगलबार सिंहदरबारमा बसेको बैठकमा कांग्रेसका प्रतिनिधिले गृहमन्त्री लामिछाने अपचलनमा संलग्न रहेको जिकिर गरेका हुन् ।
“गोरखा मिडियामा जसरी सहकारीबाट पैसा आयो र त्यसको अपचलनमा रवि लामिछाने संलग्न हुनुहुन्छ, यो विषय राख्यौँ,” कांग्रेसका सहमहामन्त्री जीवन परियारले भने, “हाम्रो बटमलाइनबाट टसमस छैनौँ ।”
सहमतिमा पुग्न फेरि बैठक बस्ने उनले बताए । कांग्रेस प्रतिनिधिले सहमतिको ‘मध्यविन्दु’ खोज्न सत्तापक्षलाई आग्रह गरेका छन् ।