Hamro Sanchar

सभामुखलाई प्रतिपक्षको आग्रहपछि ११ बजेका लागि भनिएको बैठक अनिश्चित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ६ गते


Advertisement

काठमाडौँ, जेठ ६- प्रतिपक्षी दलहरुले टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न आग्रह गरेका छन् ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने निर्णय गरेको प्रतिपक्षीले संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म बैठक सञ्चालन नगर्न भनेको हो ।

नयाँ बानेश्वरमा बसेका कांग्रेससहितको विपक्षी मोर्चाको बैठक लगत्तै राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले सभामुख देवराज घिमिरेलाई भेटेर टिओआरमा सहमति नजुट्दासम्म बैठक सञ्चालन नगर्न आग्रह गरेका हुन् ।

विपक्षीको यस्तो आग्रहसँगै ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक तत्कालका लागि अनिश्चित बनेको छ ।

यसैबिच संसदीय छानबिन समितिको टिओआरमा सहमति जुटाउन कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसिरहेको छ ।


प्रतिकृया दिनुहोस्