Skip

Hamro Sanchar

‘सत्यश्वर पुर्व विद्यार्थी समाज पवटी दोलखा’ गठन हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ४ गते


काठमाडौं, जेठ ४- दोलखाको मेलूङ गाउँपालिका-१ मा रहेको श्री सत्यश्वर मा.वि. मा अध्ययन गरेकाहरुले भूतपूर्व विद्यार्थी समाज गठन गर्ने भएका छन् ।

समाज गठनका लागि यसअघि शंकरनाथ उप्रेतीको संयोजकत्वमा भेला आयोजक समिति गठन भएको छ । समितिले आउँदो असार १ गते बत्तीसपुतलीको होटल तपसमा एक कार्यक्रमको आयोजना गरेर सत्यश्वर पुर्व विद्यार्थी समाज पवटी, दोलखा गठन गर्ने भएको हो ।

बिक्रम सम्बत् २०४३ देखि हालसम्म अध्ययन गरेका विद्यार्थी र सराेकारवाला व्यक्तिलाई उक्त कार्यक्रममा निमन्त्रणा गर्दै समाज गठनमा सहयोग गर्न भेला आयोजक समितिका संयोजक उप्रेतीले अनुरोध गरेका छन् ।

राजधानी काठमाडौंसहित देशका बिभिन्न स्थानमा बस्दै आएका भूतपूर्व विद्यार्थीहरुलाई एकीकृत बनाउदै आगामी असार १ गते सत्यश्वर पुर्व विद्यार्थी समाज पवटी, दोलखा गठन हुने भएको हो । बिक्रम सम्बत् २०१६ सालमा स्थानापना भएको सत्यश्वर माविबाट हालसम्म अध्ययन गरेका विद्यार्थीहरु सरकारको उच्च तहमा पुग्न समेत सफल भएका छन् । फलस्वरुप भुतपुर्व विद्यार्थीहरुको साझा मन्चको रुपमा बिबिध सिर्जनात्मक, रचनात्मक तथा समाजसेवालगायतका कामहरु गर्ने उदेश्यले भूतपूर्व विद्यार्थी समाज गठन गर्न लागिएको संयोजक उप्रेतीको भनाई छ ।

आयोजक समितिले शंकरनाथ उप्रेती-९८५१०५२२५५, कृष्ण प्रसाद उप्रेती- ९८५१००९४०५, भवनाथ ढुंगेल- ९५१०४२४१९, रुद्रहरि नेपाल- ९८५११६७९३८ र भगवती ढकाल- ९८४९०५७६९८ मा सम्पर्क गर्न भनेको छ ।

यस्तै समितिले गठन हुने समाज कुनै राजनैतिक दल बिशेष नभएको पनि प्रष्ट पारेको छ ।


प्रतिकृया दिनुहोस्