
चितवन, वैशाख ३०- चितवनमा एक बोर्डिङ स्कुलको बसमा अज्ञात समूहले आगजनी भएको छ । विद्यार्थी लिन गएको कल्याणपुरमा रहेको स्मल हेभनको बसमा भरतपुर महानगरपालिका -२० दद्रेनीमा आजगनी भएको हो ।
प्रहरीका अनुसार बागमती प्रदेश–०६–००१क००४५ नम्बरको बसमा बिहान सवा आठ बजे आगजनी भएको हो ।
तीनवटा मोटरसाइकलमा आएका ६ जनाको टोलीले चालक र सहचालकलाई निकालेर बसमा आगजनी गरी भागेको जिल्ला प्रहरी चितवनले बताएको छ ।
बस पूर्ण रुपले क्षति भारको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














