Skip
आज : २०८२ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुनील पौडेललाई ९ वर्ष कैद, २३ करोड २७ लाख जरिवानाको फैसला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २५ गते


काठमाडौँ, बैशाख २५- नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतले सुनील पौडेललाई ९ वर्ष कैद सजायको फैसला गरेको छ । नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पौडेललाई अदालतले ९ वर्ष कैद हुने सजाय गरेको हो ।

विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलमाथि विशेषका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो ।

उनीविरुद्ध निर्धारण भएको बिगो बराबर २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।


प्रतिकृया दिनुहोस्