Skip
आज : २०८२ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वनमा लागेको आयो बस्तीमा पस्यो, रोशीका पन्ध्र घर जलेर नष्ट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १९ गते


काभ्रेपलाञ्चोक, बैशाख १९- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् ।

आगलागीबाट १५ घर, १० गोठ र ८ वटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो ।

बस्तीमा लागेको आगो नेपाली सेना, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् । तर, जंगलको डढेलो भने नियन्त्रणमा आएको छैन ।


प्रतिकृया दिनुहोस्