Hamro Sanchar

सानिमा जिआइसी इन्स्योरेन्सको साधारणसभा सम्पन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २ गते


Advertisement

काठमाडौं, बैशाख २- सानिमा जिआइसी इन्स्योरेन्सले छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले आगामी आव २०८०/८१ का लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा एन अमात्य एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गर्न सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

यस्तै सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको चुक्ता पुँजी दुई अर्बको २५ प्रतिशत बराबर ५० करोडको हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभाले पारित गरेको छ । साथै सभाले आव २०७९/८० मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।


प्रतिकृया दिनुहोस्