Hamro Sanchar

विद्या आर्जनका पूर्व प्राथमिक तहका ७४ विद्यार्थी दीक्षित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २१ गते


Advertisement

काठमाडौं, चैत २१- विद्या आर्जन अंग्रेजी माध्यमिक विद्यालयमा पूर्व प्राथमिक तहको दिक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार गरिएको कार्यक्रममा युकेजी तहका ७४ जना विद्यार्थीहरु दिक्षित भएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ को बाबाचोकमा रहेको विद्या आर्जनको प्राङ्गणमा गरिएको कार्यक्रममा कक्षा १ मा प्रवेश गरेका विद्यार्थीलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । पूर्व प्राथमिक तहको अभिभावक भेलाको रुपमा पनि रहेको उक्त समारोहमा सांस्कृतिक कार्यक्रम सहित स-साना वालबालिकाको विविध प्रतिभालाई पनि प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रदेश सांसद मनिराम फुयालले बालबालिकाको पहिलो पाठशाला नै घर भएको भएपनी पूर्व प्राथमिक तह विद्यार्थीको खेल्दै सिक्दै गर्ने वातारण भएको बताए । तर उनीहरु आधारभुत शिक्षा हासिल गर्नका लागि अर्को खुड्किलो चढेका र उनीहरु खेल्ने, सिक्ने र पढ्ने तहमा पुगेको उनको भनाइ छ ।

शिक्षित मान्छे सामाजिक बन्ने र आत्मविश्वास पनि बढ्ने भएकाले बालबालिकालाई पढाइमा ध्यान दिन अनुरोध गरे ।

कार्यक्रममा विद्यालयका प्राधानाध्यापक घनेन्द्र भट्टराईले विद्या आर्जनमा बिश्वास गरेर आफ्ना स-साना बालबालिकाहरु अध्ययन गर्न पठाएकोमा अभिभावकहरुलाई धन्यवाद दिँदै अभिभावककै चाहनाअनुसार सफल, सक्षम बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले आफुहरुको केहि कमजोरी भए स्वम् विद्यालयमा आएर भन्न र राम्रा कामलाई बाहिर भन्न अनुरोध गरे ।

यस्तै विद्यालय ब्यबस्थापनका अध्यक्ष गणेश दाहालले आफुहरु विद्यालय बनाउन लागि परेको भन्दै कमाउने लोभ लालच नभएको बताए । उनले आफुहरु पैसा जम्मा गर्ने तर्फभन्दा शैक्षिक संस्था सुधार र भौतिक पूर्वाधार निर्माणमा केन्द्रित भएको बताए । आगामी दिनमा सुबिधा सम्पन्न कक्षा कोठाहरु निर्माण र गुणस्तरीय शिक्षा प्रदान गर्ने तर्फहरुको ध्यान केन्द्रित हुने उनको भनाई थियो ।

कार्यक्रममा प्याब्सन काठमाडौं जिल्ला कार्यसमिति सचिव सुदर्शन थापा, अभिभावकका तर्फबाट शिखर नेपालले मन्तब्य दिएका थिए ।

विद्यालयले कार्यक्रममा उत्कृष्ट २ शिक्षिकालाई दोसल्ला ओडाएर सम्मानपत्रसहित सम्मान गरेको थियो ।

२०४८ सालमा स्थापित विद्या आर्जन २०७५ र २०७८ मा नगरकै उत्कृष्ट विद्यालय हुन सफल भएको विद्यालय हो । भने यस क्षेत्रकै पुरानो संस्थागत विद्यालयका रुपमा लिने गरिएको छ ।


प्रतिकृया दिनुहोस्