Hamro Sanchar

नेपाल राष्ट्रिय निर्माणले जित्यो कागेश्वरी मनोहरा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

प्रदिप नेपाली प्रकाशित : २०८० पुष, २९ गते


Advertisement

काठमाडौं, पुस २९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयले हात पारेको छ । विजेता नेपाल राष्ट्रिय निर्माणले ८ स्वर्ण, ६ रजत र ५ कांस्य गरि कुल १९ पदक जित्दै ४१ अंक ल्याएर प्रथम स्थान हासिल गरेको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आइतबार गान्धी आदर्श माध्यमिक विद्यालयमा आयोजित समापन समारोहकाबिच उपाधि विजेतालाई शिल्डसहित नगद ५० हजार प्रदान गरे ।

त्यस्तै, प्रतियोगितामा आनन्द भैरव माध्यमिक विद्यालय द्दितीय र कान्ति भैरव तृतीय हुन सफल भएका छन् । आनन्द भैरवले ७ स्वर्ण, ५ रजत र ५ कांस्य गरि कुल १७ पदक जित्दै ३६ अंक ल्याएर दोश्रो भएको हो भने ८ स्वर्ण, १ रजत र ४ कांस्य गरि कुल १३ पदक जितेर ३० अंक प्राप्त गर्दै कान्ति भैरव तृतीय भएको हो । दोश्रो र तेश्रो हुने विद्यालयलाई क्रमसः शिल्ड, मेडलसहित नगद ३० र २० हजार प्रदान गरिएको थियो ।

गत बुधबारबाट मूलपानी चौरमा उद्घाटनसँगै प्रतियोगिता शूरु गरिएको थियो ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, सबैका लागि खेलकुदू भन्ने मुल नारा’को साथ शूरु प्रतियोगितामा नगरपालिकाभित्र संचालित सामुदायिक र संस्थागत गरि ४९ विद्यालयका १ हजार ४ सयभन्दा बढी विद्यार्थी सहभागि थिए ।

प्रतियोगितामा भलिबल, कबड्डी, मार्सल आर्ट (कराते र तेक्वान्दो) (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा) एथ्लेटिक १००, २००, ४००, ८००, १५०० र ३००० मीटर दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्पक, सर्टफूट, ज्याब्लिङ्ग थ्रो खेलहरु खेलाइएको थियो ।

समापन कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव टंकलाल घिसिडले कागेश्वरी मनोहरा नगरपालिकाले देखेको खेलकुद नगरी बनाउने सपना उत्कृष्ट भएकाले यसलाई सहयोग गर्न आफु तयार रहेको बताए । विभिन्न खेलका पूर्वाधार तयार पार्ने, राष्टिय र अन्तराष्ट्रिय स्तरका प्रतियोगिता संचालन गर्ने र खेलाडी उत्पादन र तयार गर्ने अभियानमा राखेपले विशेष साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका सभाध्यक्षसमेत रहेका मेयर कार्कीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा देखिएको उत्साह र सहभागिताले थप हौसल्ला मिलेको बताउँदै आगामी दिनमा कागेश्वरी मनोहरालाई खेलकुद नगरीको रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । समारोहलाई सम्बोधन गर्दै मेयर कार्कीले कागेश्वरीलाई सफा, स्वच्छ र हराभरा राख्ने, शिक्षा र स्वास्थ्यको क्षेत्रमा अब्बल र सक्षम नगरी बनाउने, खेलकुद नगरीका रुपमा विकास गर्ने, बालमैत्री नगरपालिका बनाउने र संस्कारसहितको गुणस्तरीय शिक्षा उपलब्ध गराउने जस्ता ५ वटा प्रतिबद्धता प्रस्तुत गरेका थिए ।

प्रतियोगिता ब्यबस्थापन तथा निर्देशन समितिका संयोजक एवम् वडा नम्बर ७ का वडाअध्यक्ष भीमसेन थापाले स्वागत मन्तब्य राख्दै प्रतियोगिता भब्य र उल्लासमय वातावरणमा सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै सहयोगी सबैमा धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा नगरपालिकाका वडाअध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए ।

कार्यक्रममा विभिन्न संघसस्था तथा ब्यक्तीत्वहरुलाई सम्मान पनि गरिएको थियो । साथै उद्घाटन सत्रको मार्चपास प्रतियोगितामा विजयी विद्यालयलाई नगद पुरस्कारसमेत वितरण गरिएको थियो ।


प्रतिकृया दिनुहोस्