Hamro Sanchar

गृहमन्त्री श्रेष्ठ फेरि अस्वस्थ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, २८ गते


Advertisement

काठमाडौं, मंसिर २८- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि अस्वस्थ भएका छन् । गत हप्ता मात्रै अस्पतालबाट डिस्चार्ज भएका श्रेष्ठको स्वास्थ्यमा बुधबार फेरि समस्या भएको हो ।

बुधबार साँझ मुटुमा समस्या देखिएपछि गएराति उनलाई बाँसबारीस्थित गंगागाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो । रातभर उपचार गरेपछि बिहीबार बिहान डिस्चार्ज भएका छन् ।

यसअघि श्रेष्ठको मुटुमा खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो ।

चीन भ्रमणमा रहेका बेला पनि उनीलाई सामान्य खालको हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट फर्किपछि बिहीबार उनी आराम गरिरहेको सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्