Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

फेरि पनि अध्यक्ष बन्न ओलीले गराए उम्मेदवारी दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २९ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेरि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौँको भृकुटीमण्डपस्थित महाधिवेशनस्थिल पुगेर ओलीले सोमबार अपराह्न अध्यक्षमा उम्मेदवारी दिएका हुन्। तेस्रो पटक एमालेको नेतृत्व गर्नका लागि ओली अध्यक्षको उम्मेदवार बनेका छन्।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्। उनले केही समयअघि भृकुटीमण्डप पुगेर उम्मेदवारी दर्ता गराएका थिए।

निर्वाचन कार्यक्रमअनुसार, आज उम्मेदवारी दर्ता गरिनेछ भने साँझसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिनेछ। मंगलबार मतदान हुनेछ।


प्रतिकृया दिनुहोस्