Skip

Hamro Sanchar

राजेन्द्र गौतम उपमहासचिव पदमा स्वतन्त्र लड्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २९ गते


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले ११ औँ महाधिवेशनमा उपमहासचिव पदमा उम्मदवारी दिने बताएका छन्।

अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा केन्द्रीय सदस्यमा मात्रै परेपछि उनले त्यसमा असन्तुष्टि जनाएका हुन्। उनी सचिव पदका दाबेदार थिए।

ओलीले कोसी प्रदेशबाट हिक्मत कार्की र भानुभक्त ढकालालई सचिवको उम्मेदवार बनाउँदा आफूलाई केन्द्रीय सदस्यको सूचीमा मात्रै राखेपछि उनले स्वतन्त्ररुपमा लड्ने घोषणा गरेका हुन्।

‘म उपमहासचिव पदमा स्वतन्त्ररुपमा उम्मेदवारी दिन्छु,’ गौतमले भने, ‘पुष्पलाल, मदन भण्डारी र केपी ओलीको उम्मेदवार हुँ।’

‘जनताको बहुदलीय जनवादको रक्षा र गणेश प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी हो,’ उनले थपे ।


प्रतिकृया दिनुहोस्