आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एनसेल प्रकरण : आजियटा र सुनेभेराविरुद्ध उच्च अदालतमा मुद्दा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, २१ गते


Advertisement

काठमाडौं, मंसिर २१- एनसेलको यसअघिको स्विडिश लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने बेलामा सरकारलाई तिर्न छुट्टाएको पुँजीगत लाभकर ५३ अर्ब २० करोड रुपैयाँ बाँडेर लिएको भन्दै आजियटा र स्थानीय सञ्चालक तथा व्यवस्थापकहरूविरुद्ध उच्च अदालत पाटनमा बुधवार मुद्दा दर्ता भएको छ।

एनसेलको अहिलेको लगानीकर्ता आजियटा र स्थानीय साझेदार मानिएको सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक तथा व्यवस्थापक विरुद्ध बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो।

विदेशी मुद्राको अपचलन र सम्पत्ति शुद्धिकरणविरुद्धको कार्य गरिएको भन्दै मुद्दा दर्ता गरिएको हो।

अन्तर्राष्ट्रिय कानुनलाई चुनौती दिँदै कर तिर्ने प्रयोजनका लागि टेलियाको खातामा जम्मा गरिएको रकम नेपालमै नल्याई एक आपसमा मिलेर सिंगापुरमानै बाँडफाँट गरिएको भन्दै गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा रिट दर्ता गरेका हुन्।

रिटमा आजियटा र सचितलालले गरेको यो कार्य नेपालको इतिहासमा अहिलेसम्मकै ठुलो आपराधिक भएको र यसबाट राष्ट्रिय सम्पत्ति हिनामिना भएको उल्लेख गरिएको छ।


प्रतिकृया दिनुहोस्