Hamro Sanchar

कागेश्वरी मनोहरा ६ का ४७१ जनाले लिए आँखा शिविरबाट निशुल्क सेवा, ५१ जनाको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ९ गते


Advertisement

काठमाडौं, मङ्सिर ६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ को आयोजनामा शनिबार संचालन भएको नि:शुल्क आँखा शिविरमा ४७१ जनाले विभिन्न प्रकारका सेवा लिएका छन् ।

वडाले हिल नेपालको सहयोगमा वडाको श्री रामजानकी मन्दिर परिसर, अर्याल गाउँ मुलपानीमा बृहत आँखा शिविर संचालन गरेको थियो ।

शिविरिमा मात्रिका आइ केयर अस्पताल पुरानोबानेश्वरबाट आएका आँखा रोग विशेषज्ञ डाक्टरहरुले जाँच गरेका थिए । आँखा सम्बन्धि उपचार गराएकामध्ये ५१ जनाको मोतिबिन्दुको शल्यक्रिया र ११ जनाको आँखामा मासु पलाएको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो ।

उनीहरुको सोमबार रगत परिक्षण गरिने र रिपोर्टअनुसार आउँदो शनिबार पुरानोबानेश्वर स्थित मात्रिका अस्पताल शल्यक्रियासहितका उपचार गरिने वडाअध्यक्ष प्रकाश फुयालले हाम्रोसंचारलाई जानकारी दिए । उपचार बापत लाग्ने सम्पूर्ण खर्च हिल नेपालले व्यहोर्ने छ । भने आवतजावत खर्च वडा कार्यालयले व्यहोर्ने वडाअध्यक्ष फुयालले बताए ।

कार्यक्रममा वडाअध्यक्ष फुयालसहित रामजानकी मन्दिर व्यवस्थापन समितिकी सचिव तथा वडासदस्य रुपमती सापकोटा भण्डारी, कपिल खनाल, विकास केसीलगायत हिल नेपालकी स्वास्थ्य अधिकृत, जागृती महिला समुहकी अध्यक्ष अम्बिका भण्डारी, सचिव अप्सरा प्याकुरेलसहित स्थानीय वृद्धवृद्धा तथा आँखा रोगीहरुको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्