Hamro Sanchar

भूकम्पका गम्भीर घाइते काठमाडौं ल्याइदै, वीर र ट्रमा सेन्टर तयारी अवस्थामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १८ गते


Advertisement

काठमाडौं, कात्तिक १८- जाजरकोट भूकम्पमा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइने भएको छ । त्यसका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई तयारी अवस्थामा राखिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा. डा भूपेन्द्रकुमार बस्नेतले वीर र ट्रमा सेन्टरमा इमर्जेन्सी, अपरेसन थियटर र आईसीयू तयारी अवस्थामा राखिएको बताए ।

‘काठमाडौंमा पनि घाइते बिरामी ल्याइदै छ भन्ने सूचना प्राप्त भएपछि वीर र ट्रमा पदाधिकारीसहित आकस्मिक बैठक बस्यौँ र तयारी गर्‍यौं’, डा. बस्नेतले भने, ‘ट्रमा सेन्टरमा आकस्मिक कक्षका ३८ वटा बेड खाली गरेका छौं । चिकित्सकलाई तयारी अवस्थामा राखेका छौं । एम्बुलेन्सहरु विमास्थलमा पठाइसकेका छौं ।’

वीर तथा ट्रमा सेन्टरका चिकित्सक र इमर्जेन्सी, ओटी र आईसीयू तयारी अवस्थामा राखिएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा वीर अस्पतालका ६ जना चिकित्सक जाजरकोट पुगेर काम सुरू गरिसकेका छन् ।

वीर अस्पतालबाट डा. खुश्बु झाको नेतृत्वमा गएको चिकित्सक टोलीले जाजरकोट अस्पताल पुगेर काम सुरू गरेको बस्नेतले बताए ।


प्रतिकृया दिनुहोस्