Hamro Sanchar

गोठाटार गोलीकाण्ड : मानव बेचबिखन मुद्दामा ५ वर्ष जेल भुक्तान गरी छुटेका लिम्बु पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १५ गते


काठमाडौँ, कात्तिक १५- काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएर थप एकजनालाई पक्राउ गरेको छ । झापाको कचनकवल गाउँपालिका–७ स्थायीघर भएका ३७ बर्षिय हर्कबहादुर लिम्बुलाई पनि पक्राउ गरिएको हो ।

प्रहरीले चलाएको गोली लागेर भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिम घाइते भएका छन् । करिमको साथबाट प्रहरीले ६.७५ एमएमको पेस्तोल बरामद गरेको छ।

यस्तै, डिजीटल तराजु थान–१ र नगद रू५० हजार समेत बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै उनको साथबाट दुई सय ग्राम लागुऔषध ब्राउनसुगर पनि बरामद भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।

करिमको साथबाट एकथान पेस्तोल र दुई सय ग्राम लागुऔषध बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए ।

लिम्बु र करिम एउटै समूहका लागुऔषध कारोबारी रहेको प्रहरीको अनुसन्धानबाट खुलेको भएको छ ।

करिमको दाहिने तिघ्रामा गोली लागेको छ । उनलाई उपचारका लागि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको छ ।

पक्राउ परेका हर्कबहादुर लिम्बु २०७४ चैत २९ गते मानव बेचबिखन मुद्दामा कारबाही भई ५ वर्ष जेल भुक्तान गरी छुटेका व्यक्ति हुन् ।

यो पनि पढ्नुहोस्- कागेश्वरीको गोठाटारमा गोली चल्यो, एक जना घाइते


प्रतिकृया दिनुहोस्