Hamro Sanchar

कागेश्वरीको गोठाटारमा गोली चल्यो, एक जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १५ गते


काठमाडौँ, कात्तिक १५- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो ।

भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । मोहम्मद करिमको साथबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ ।

त्यस्तै उनको साथबाट २ सय ग्राम खैरो हेरोइन जस्तो पदार्थ र तराजु फेला परेको छ । प्रहरीले चलाएको एक राउण्ड गोली करिमको खुट्टामा लागेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्