Hamro Sanchar

प्रधानाध्यापक सर्राफको हत्यामा पाँच भारतीयसहित दश जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १५ गते


बारा, कात्तिक १५- स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई आज पक्राउ गरिएको छ ।

सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ ।

उनीमाथि दुई राउण्ड गोली प्रहार गरी हत्या भएको थियो ।

गोली लागेर सख्त घाइते सर्राफको विरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।


प्रतिकृया दिनुहोस्