Skip

Hamro Sanchar

नेपाल तेक्वान्दो संघको पाँचौँ अधिवेशन सम्पन्न, केन्द्रीय उपाध्यक्षमा राम गिरी निर्वाचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १२ गते


काठमाडौँ, कात्तिक १२- तीन दशकभन्दा लामो समयदेखि तेक्वान्दो खेलमा संलग्न रहेका युवा उद्यमी एवं समाजसेवी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन् ।

वि.सं. २०४९ सालमा बालग्राम तेक्वान्दो डोजाङ, छाउनीबाट तेक्वान्दो खेल्न सुरु गरेका गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा दर्जनौँ पदक हासिल गरेका छन् । यसअघि गिरी संघको केन्द्रीय सदस्य एवं तेक्वान्दो राष्ट्रिय टिमका संयोजक थिए ।

उपाध्यक्ष गिरीले लामो समय देखि  तेक्वान्दो डोजाङ चलाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई प्रशिक्षण दिदै आएका छन् । उनले सञ्चालन गरेको तेक्वान्दो डोजाङबाट पाँच सयभन्दा धेरै ब्लक बेल्ट उपाधि हसिल गरेका खेलाडी उत्पादन भएका छन् । उपाध्यक्ष गिरीले प्रशिक्षित गरेका दोस्रो, तेस्रो, चौथो, पाचौँ डानसम्मका थुप्रै खेलाडी रहेका छन्।

उपाध्यक्ष गिरी आफ्नो खेल करिअरका अतिरिक्त व्यवसायिक र समाज सेवाका क्षेत्रमा सफल व्यक्तिका रूपमा चिरपरिचित छन्। तेक्वान्दो संघ तथा खेलाडीहरूका लागि उनले निरन्तर सहयोग उपलब्ध गराउँदै आएका छन् ।

संघको चितवनको सौराहमा भएको पाँचौँ अधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष दीपराज गुरुङले गिरीलाई उपाध्यक्ष नियुक्त गरेका हुन् ।

तेक्वान्दो खेल आफ्नो जीवनको अभिन्न हिस्सा भएको बताउँदै उपाध्यक्ष गिरीले अध्यक्षको भिजन र निर्देशनमा आफूले अहिलेसम्म हासिल गरेका अनुभवका आधारमा संघका गतिविधिलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपालको खेलकुद क्षेत्रमा तेक्वान्दो विशिष्ट पहिचान भएको बताउँदै यो खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च बनाउन अथक परिश्रम गर्ने उपाध्यक्ष गिरीले बताए ।


प्रतिकृया दिनुहोस्