Hamro Sanchar

दुई महिनामा १ करोड २२ लाख कन्डम आयात

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, ८ गते


Advertisement

काठमाडौं, कात्तिक ०८- चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिना (साउन र भदौमा) १ करोडभन्दा बढी कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा १ करोड २२ लाख १०५ थान कन्डम आयात भएको हो ।

सरकारले यो आयातबाट ६ करोड २१ लाख २९ हजार रुपैयाँ बराबरको राजस्व प्राप्त गरेको छ । गत एक वर्ष अर्थात् आर्थिक वर्ष २०७९र०८० मा ३ करोड ६५ लाख ९९ हजार २९० थान कन्डम आयात भएको थियो । गत वर्ष २१ करोड २८ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको थियो ।

गत वर्ष साढे ३ करोडभन्दा बढी थान कन्डम आयात हुँदा यस वर्षको पहिलो दुई महिनामै एक करोड २२ लाख थान कन्डम आयात भएको छ ।


प्रतिकृया दिनुहोस्