Hamro Sanchar

कागेश्वरी मनोहराद्धारा दसैँका खसी-बोकाको स्वास्थ्य जाँच गर्न सुरु, कसरी थाहा पाउने रोगी र निरोगी ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २८ गते


Advertisement

काठमाडौं, असोज २८- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले दसैँका लागि बाहिरबाट नगरपालिका भित्रिएका खसी–बोकाको स्वास्थ्य जाँच गर्न थालेको छ । घटस्थापनादेखि नवमीको दिनसम्म रोगी र निरोगी खसीबोका छुट्याउने काम थालेको नगरपालिकाका पशु सेवा प्राविधिक निरोज दंगालले जानकारी दिए ।

केन्द्रीय पशु सेवा विभाग र पशु क्वारेन्टाइन बुढानिलकण्ठसँगको सहकार्यमा नगरपालिकाले खसीबजारमा गएर जिउँदो खसीको स्वास्थ्य परिक्षण गर्न थालेको हो । रोगी बिरामी खसी बोकालाई रातो चिन्ह लगाएर छुट्याउने गरेको र स्वस्थ खसीबोकालाई कुनै रङ नदिइने दंगालले बताए ।

रेविज लगायत पशुबाट पनि मानिसमा केही रोग सर्न सक्ने जोखिम रहेकोले दसैँका बेला विभिन्न ठाउँबाट भित्रिएका खसीबोकाको स्वास्थ्य परीक्षण थालिएको उनले बताए । नगरपालिकाले घटस्थापनाका दिन वडा नम्बर ६ मुलपानी क्षेत्रका खसीबजारमा रहेका ६० भन्दा बढी खसीबोकाको स्वास्थ्य परिक्षण गरेको छ ।


प्रतिकृया दिनुहोस्