Hamro Sanchar

इजरायल–हमास युद्ध आज पनि जारी, २४ सय बढीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २५ गते


Advertisement

एजेन्सी, असोज २५-गत शनिबारदेखि जारी इजरायल–हमास युद्ध आज छैठौं दिनसम्म पनि जारी रहेकने छ ।

गत शनिबार बिहान हमासले अप्रत्याशित रूपमा हमला गरेपछि युद्धको अवस्थाको घोषणा गरी इजरायल पनि प्रत्याक्रमणमा उत्रिएपछि दोहोरो युद्ध जारी रहेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई पक्षबीचको जारी भिडन्तमा अहिलेसम्म २४ सयभन्दा बढी जनाको मृत्यु भइसकेको छ ।

हमासको हमलाबाट इजरायलमा १२०० जनाको मृत्यु भएको छ भने गाजा पट्टीमा इजरायली वायुसेनाको गोलाबारीमा १२०० सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा ठूलो संख्यामा महिला र बालबालिका रहेका छन् भने जरायलका प्रधानमन्त्री नेतन्याहुले आफ्नो सेनाले हमासको नामनिशानै मेटाउने चेतावनी दिएका छन् ।

शनिबारमा युद्धमा परेर १० जना नेपाली नागरिकहरुको पनि ज्यान गएको छ भने एकजना अझै हराइरहेका छन् ।


प्रतिकृया दिनुहोस्