Hamro Sanchar

कागेश्वरीमा विद्यालय स्वास्थ्य कार्यक्रम : गान्धी आदर्शमा १५३२ जनाको स्वास्थ्य परिक्षण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २१ गते


Advertisement

काठमाडौं, असोज २१- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा रहेको श्री गान्धी आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय स्वास्थ्य कार्यक्रम’मा १५३२ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले बिहिबार, शुक्रबार र आइतबार (असोज १८,१९ र २१ गते) आयोजना गरेको विद्यालय स्वास्थ्य कार्यक्रममा १५३२ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको नगरप्रमुख उपेन्द्र कार्कीले हाम्रोसंचारलाई जानकारी दिए ।

जसमध्ये १२९७ जनाले आँखा जाँच गराएका थिए भने ११६४ जनाले दन्त परिक्षण, १५०१ जनाले सामान्य चेकजाँच र ३९ जनालाई मनोपरामर्श सेवा प्रधान गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरुलाई आकस्मिक स्वास्थ्य शिक्षा र विद्यालयमा तथा दैनिक जीवनमा हुन सक्ने विभिन्न आकस्मिक घट्नाहरुको न्युनिकरण र प्राथामिक रोकथाम गर्ने बिषयमा सामान्य जनचेतनामूलक प्रशिक्षण दिइएको थियो ।

विद्यालयमा गरिएको कार्यक्रम अत्यन्तै प्रभावकारी तथा प्रयोगमुलक भएको विद्यालयका प्रधानाध्यापक गणेश चन्दले बताए । कार्यक्रममा नगर-उपप्रमुख शान्ता थापा, स्वास्थ्य संस्थाका स्टाफहरु, महिला स्वयंसेविका, विद्यालय शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्