Hamro Sanchar

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्धारा पर्यटन दिवसका अवसरमा पर्यटकहरुलाई स्वागत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १० गते


काठमाडौं, असोज १०- विश्व पर्यटन दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
‘सबैका लागि पर्यटन: पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।

नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ ४४ औं विश्व पर्यटन दिवस मनाइँदै छ ।

विश्व पर्यटन दिवसको अवसर पारेर श्री बौद्धनाथ क्षेत्र विकास समितिले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महाचैत्य अवलोकनका लागि आएका पर्यटकहरुलाई स्वागत गरेको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महाचैत्य अवलोकनका लागि आएका पर्यटकहरुलाई खादा लगाएर स्वागत गरेका हुन् ।

समितिले आज बौद्धनाथ महाचैत्य अवलोकनका लागि पुगेका प्रथम दश जना पर्यटकहरुलाई प्रवेश निशुल्क समेत गरेको समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराए । स्वागत कार्यक्रममा श्री बौद्ध नाथ क्षेत्र विकास समितिका पदाधिकारीहरु रग्वा शेर्पा, सैलेश श्रेष्ठ, सुरज रुम्बा, पशुपतिनाथ (श्याम)खतिवडालगायतको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्