Hamro Sanchar

तेजविनायक माध्यामिक विद्यालयमा कक्षा ८ देखि १० सम्म दिवा आवासीय कार्यक्रम सुरु

प्रदिप नेपाली प्रकाशित : २०८० भदौ, २८ गते


Advertisement

काठमाडौं, भदौ २८- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-८ मा रहेको श्री तेजविनायक माध्यामिक विद्यालयले कक्षा ८ देखि १० सम्म दिवा आवासीय कार्यक्रम संचालन गरेको छ । विद्यालयले भदौ १ गतेबाट कक्षा १० मा दिवा आवासीय कार्यक्रमको सुरुवात गरेको हो ।

कक्षा १० मा ५८ जना विद्यार्थी अध्ययनरत छन् । उक्त कार्यक्रममा सबै विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक ओम कुमार श्रेष्ठले हाम्रोसंचारलाई जानकारी दिए । उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरु बिहान ६ बजेदेखि साँझ ५:३० सम्म विद्यालयमै बसेर अध्ययन गर्न सक्नेछन् । उनीहरुलाई बिहानको खाना विद्यालयको क्यान्टिनमा खाने व्यवस्था मिलाइएको छ भने दिउँसोको खाना विद्यार्थी आफैले ब्यबस्थापन गर्नुपर्नेछ ।

बिहान ६ बजेदेखि ९ बजेसम्म अंग्रेजी, गणित बिषयको अतिरिक्त कक्षा संचालन हुन्छ भने साँझ ४ बजेपछि १ घण्टा ३० मिनेट गृहकार्य गर्ने समय मिलाइएको छ ।

दिवा आवासीय कार्यक्रम नगरप्रमुख उपेन्द्र कार्की, वडाअध्यक्ष हरिभक्त पुडासैनीको बिशेष सक्रियता र पहलमा संचालनमा ल्याउन सकिएको विद्यालय ब्यबस्थापन समितिले जनाएको छ । कार्यक्रम वडाकै आर्थिक सहयोग संचालन भैरहेको छ । भने आवासीय कार्यक्रम संचालनका लागि थप अपुग रकम नगरपालिकाले प्रदान गर्ने बताएको छ ।

कक्षा १० मा दिवा आवासीय कार्यक्रम संचालन गरेको विद्यालयले कक्षा ८ मा अशोज १ गतेबाट र कक्षा ९ को लागि दशैंपछिबाट संचालन गर्ने तयारी गरिरहेको छ ।

दिवा आवासिय विद्यालय कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको बताउदै यस कार्यक्रमलाई दीर्घकालीन रुपमा जोड दिन सके शैक्षिक सुधारमा टेवा पुग्ने प्रधानाध्यापक श्रेष्ठले बताए । प्रधानाध्यापक श्रेष्ठले आवासीय कार्यक्रमलाई सफल बनाउन सबै जना एक भएर लाग्नु पर्ने बताए । उनले विद्यार्थीको सिकाई कार्यलाई थप सुधार गर्न विज्ञान प्रविधीसँगै अगाडी बढ्न आवश्यक रहेको औंल्याए ।

यस्तै विद्यालयले शैक्षिक सत्र २०८०/८१ देखि प्राविधिक तथा ब्याबसायिक धार तर्फ कक्षा ९ देखि १२ सम्म कम्प्युटर विज्ञान कक्षा संचालन गर्दै आएको छ ।

नगरपालिकाको सामुदायिक विद्यालय तर्फ कम्प्युटर विज्ञान कक्षा संचालन गर्ने एक मात्र विद्यालय हो ।

इन्जिनियरिङका विद्यार्थीहरुले कोडिङ गर्न थालिसकेका कम्प्युटर विज्ञान कोअर्डिनेटर संजिव दाहालले जानकारी दिए । नगरप्रमुख कार्कीको पहलमा सुरु भएको प्राविधिक तथा ब्याबसायिक धार तर्फ अत्यन्तै कम्जोर आर्थिक अवस्था भएका विद्यार्थीहरु अध्ययनरत छन् । आफ्नो आर्थिक हैसियतभन्दा माथिको प्राविधिक शिक्षा अन्यन्तै न्यून शुल्कमा प्राप्त गर्न पाएकोमा विद्यार्थीहरु निकै उत्साहित भएका छन् ।

यसैगरी सहायक प्रशिक्षक अलेक्स खनालले विद्यार्थीहरुलाई क्षमता बढाउन अन्य FRONTEND र BACKEND को कोर्षहरु सिकाउने बताए । यी कोर्षहरु गरिसकेपछि विद्यार्थीहरुले आइटी क्षेत्रमा सजिलै काम [आउने विद्यालयको अपेक्षा गरेको छ ।

सामुदायिक विद्यालयको पढाइ राम्रो नभएको गुनासोसहित अभिभावक महँगो शुल्क तिरेर निजी विद्यालयमा छोराछोरी पढाउन बाध्य हुँदै आएका बेला आफुहरुले सस्तो, गुणस्तरीय शिक्षा उदेश्यका साथ कक्षा संचालन गरेकोले तेजविनायक माध्यामिक विद्यालयमा अध्ययनका लागि उपयुक्त विद्यालयले बताएको छ ।

यो पनि पढ्नुहोस्- ‘कागेश्वरीमा कम्प्युटर विज्ञान कक्षा संचालन हुने एकमात्र तेजविनायक माध्यामिक विद्यालय’


प्रतिकृया दिनुहोस्