आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जंगली च्याउ खाँदा चारजना बिरामी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ३० गते


Advertisement

काठमाडौं, साउन ३०– पश्चिम नवलपरासीको बर्दघाटमा जंगली च्याउ खाँदा एकै घरका चारजना बिरामी परेका छन् । वडा नम्बर १४ आवास टोलका ब्रमा लोहारका चार छोराछोरी बिरामी परेको प्रहरीले जानकारी दिएको छ ।

१५ वर्षीया अनुपा लोहार, ११ वर्षीया आँचल लोहार, ९ वर्षीया अनु लोहार र किसान लोहार बिरामी परेका हुन् । शहीद स्मृति सामुदायिक अस्पतालमा उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।

उनीहरूले सोमबार साँझ च्याउको तरकारी खाएका थिए । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्