काठमाडौं, साउन २६- नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट थप एक जना चिकित्सकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुमेरू सिटी हस्पिटलकी डा. पुनम थापा चौधरी रहेकी छिन् । उनलाई काठमाडौंस्थित घरबाट पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेको संख्या ८ पुगेको छ । हालसम्म पक्राउ पर्नेमा नेपाली कांग्रेसका सांसद डा.सुनील शर्मा, डा.मनित चौधरी, डा.श्रद्धा सिल्पकार, रन्जितकुमार यावद, अमितकुमार यादव, रामबाबु यादव, एरिना यादव रहेका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस पढेर मेडिकल काउन्सिलबाट डाक्टरको लागि अनुमति लिएका डाक्टरमाथि सीआईबीले बिहीबारदेखि फक्सट्रट चार्ली अपरेशन चलाएको हो ।