Hamro Sanchar

कागेश्वरी मनोहराका १५० जनाले लिए आँखा स्वास्थ्य सम्बन्धी तालिम

प्रदिप नेपाली प्रकाशित : २०८० साउन, १३ गते


Advertisement

काठमाडौं, साउन १३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाभित्रका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीहरुलाई ३ दिने आधारभुत आँखा स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरिएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको आयोजनामा थलीमा गत बुधबार देखि शुक्रबारसम्म उक्त तालिम दिइएको हो ।

तालिममा नगरपालिका भित्रका ९ वटै वडामा कार्यरत स्वयमसेविका र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुलगायत एक सय ५० जना स्वास्थ्य स्वयमसेविकाहरुको सहभागिता रहेको थियो ।

प्राथमिक स्वास्थ्यसँग प्राथमिक आँखा स्वास्थ्यलाई एकीकृत गर्ने उदेश्यले उक्त तालिम प्रदान गरिएको नेपाल आँखा अस्पतालकी कार्यक्रम संयोजक अनिशा गुरुङले हाम्रोसंचारलाई जानकारी दिइन् ।

आँखा सम्बन्धि विशिष्ट उपचार प्रणालीलाई बलियो बनाउन सके उपचारबाट बन्चित नहुने र अन्धोपन निवारणमा मदत पुग्ने संयोजक गुरुङको भनाइ छ ।

यसअघि पनि कागेश्वरी मनोहरा नगरपालिका र नेपाल आँखा अस्पतालको सहकार्यमा विभिन्न कार्यक्रमहरु हुँदै आएका छन् ।


प्रतिकृया दिनुहोस्