Hamro Sanchar

तौल घटाएपछि गर्ने यस्ता गल्तिले हुन सक्छ यस्तो असर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ४ गते


Advertisement

काठमाडौं, साउन ४- मानिसहरु धेरै नै मेहनत गरेर तौल कम गरेपछि यस्ता केही गल्ती गर्न थाल्छन् जसले शरीरमा समस्या निम्त्याउँछ । कतिपय अवस्थामा तिव्र गतिमा फेरि तौल बढ्न थाल्छ । जानौं त्यस्ता गल्ती बारेः

लामो समय भोकै बस्नु

तपाईं लामो समयसम्म भोकै बस्ने बानीले मेटाबोलिक रेट घट्ने गर्छ । जसले गर्दा तपाईंले कमजोरी हुने समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।

धेरै क्यालोरी खानु

तौल कम गरेपछि प्रायः तपाईं ढुक्क भएर त्यस्तो खानेकुरा खान थाल्नुहुन्छ जसले तौल फेरि बढ्न थाल्छ । त्यसैले त्यस्ता अत्यधिक क्यालोरी भएका तथा अस्वस्थकर खानेकुराको सेवनबाट बच्नुहोस् ।

प्रोटिन नखानु

तौल कम गर्ने क्रममा धेरैले प्रोटिन प्रर्याप्त मात्रामा सेवन गर्दैनन् । यस्तोबेला प्रोटिन एकदमै आवश्यक हुन्छ । यसले तपाईंलाई ऊर्जावान बनाइरहन्छ । चना, मटर, मूंग, मसुरो, माछा, अन्डा, दुध आदिको सेवन गर्नुपर्दछ ।

क्रियाकलाप नगर्नु

तौल कम भएपछि प्रायः मानिस डाइटिंगमा नै निर्भर हुने गर्छन् । तर अत्यधिक डाइटिंगमा मात्र जाँदा तपाईंलाई कमजोरी हुन सक्छ । त्यसैले नियमित रुपमा खाना पनि खाने र कसरत पनि सँगै गर्न आवश्यक हुन्छ ।

सन्तुलिन भोजन गर्ने

सन्तुलित भोजन लिँदा तपाईंको शरीरलाई सबै प्रकारका पोषक तत्व प्राप्त हुन्छन् । जस्तै कार्बोहाइड्रेट, बोसो, प्रोटिन, भिटामिन आदि । त्यसैले पोषणले भरपूर आहार लिनुपर्ने हुन्छ । एजेन्सी


प्रतिकृया दिनुहोस्