काठमाडौं, असार ८- काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गल्छी नजिकैको मोडमा बस अनियन्त्रित भई सडकमै पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका भारत, राजस्थानकी १२ बर्षिया कल्पना पारिखको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त बसमा ३० जना यात्रु रहेकोमा १९ जना घाइते भएका छन् । बस दुर्घटना हुँदा सडक केही बेर अवरुद्ध भएको थियो । सडकमा पल्टिएको बस उठाएर अहिले सडक संचालनमा ल्याइएको प्रहरप्ले जनाएको छ ।