आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौंका हलमा आजदेखि चल्न थाले हिन्दी फिल्म

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ८ गते


Advertisement

काठमाडौं, असार ८- आजदेखि काठमाडौंका हलहरूमा हिन्दी फिल्म प्रदर्शनमा आएको छ । काठमाडौंका हलमा बलिउड अभिनेता विक्की कौशल र सारा अली खान अभिनीत फिल्म ‘जरा हटके जरा बचके’ प्रदर्शनमा आएको हो । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स र वान सिनेमाजले सो फिल्म प्रदर्शनमा ल्याएका हुन् ।

बिहीबार चलचित्र संघको बैठकले आजदेखि हिन्दी फिल्म प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

हलहरूमा आदिपुरुष’ वितरकले हटाइसकेको हुँदा सो फिल्म प्रदर्शन नहुने बताइएको छ ।

काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए । तर यो संवाद नै फिल्ममा नभएको जानकारी निर्माता र चलचित्र सेन्सर बोर्ड, नेपालले समेत जानकारी दिइसकेको छ ।

बिहीबार उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने बालेनको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेसँगै आजदेखि हिन्दी फिल्म प्रदर्शन हुन लागेको हो । यद्यपि बालेनले भने अदालतको फैसला नमान्ने भन्दै ‘आदिपुरुष’ र हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका छन् । उनले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका हुन् ।


प्रतिकृया दिनुहोस्