Skip

Hamro Sanchar

एमाले अध्यक्षको उमेदवारी शुल्क १५ हजार, पदाधिकारीकाे १०

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २९ गते


काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया जारी छ । काठमाडौंको भृकुटीमण्डपमा चुनावी प्रक्रिया चलिरहेको हो ।

पार्टी निर्वाचन आयोगले विभिन्न पदको उमेदवारी शुल्क निर्धारण गरेको छ । अध्यक्षका निम्ति प्रतिउमेदवारी शुल्क १५ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, केन्द्रीय पदाधिकारीमा उमेदवारी शुल्क १० हजार रुपैयाँ कायम गरिएको छ । केन्द्रीय सदस्यको उमेदवार बन्नेले पाँच हजार रुपैयाँ बुझाउनुपर्नेछ ।

केन्द्रीय आयोग अध्यक्षको उमेदवारी शुल्क १० हजार रुपैयाँ निर्धारित छ । केन्द्रीय आयोगका पदाधिकारी र सदस्यका निम्ति उमेदवारी शुल्क पाँच हजार रुपैयाँ तोकिएको एमाले निर्वाचन आयोगले जनाएको छ ।

पार्टी नेतृत्वका निम्ति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टाछ्ट्टै प्यानलसहित प्रतिस्पर्धाको तयारी गरेका छन् ।


प्रतिकृया दिनुहोस्