Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

योगेश भट्टराई भन्छन् : प्यानल बनाएर जाँदैनौं, व्यक्तिगत उम्मेदवारी दिन्छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २९ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले ईतर पक्षबाट प्यानल नबन्ने बताएका छन्।

११ औं महाधिवेशनमा उनी ईश्वर पोखरेल पक्षबाट उपमहासचिव पदका उम्मेदवार भट्टराईले भृकुटीमण्डपमा पत्रका‍रहरूसँग बोल्दै भट्टराईले आफ्नो पक्षबाट सबैले व्यक्तिगत रूपमा उम्मेदवारी दर्ता गर्ने बताएका हुन्।

ुउम्मेदवारी सबैले दिनुहुन्छ। प्यानलगत रूपमा उम्मेदवारी नदिनू व्यक्तिगत रूपमा दिनू भनेका छन्। त्यही गर्छौं,ु उनले भने।

उनले महाधिवेशनबाट नयाँ टिमले नेतृत्व गर्ने र त्यसको माध्यमबाट आगामी निर्वचनमा एमाले जनताबाट अनुमोदित हुँदै सरकारमा आउने बताए। उनले निर्वाचन हुँदैमा पार्टीको एकता नभाँडिने पनि बताए।

पार्टी एक छ। निर्वाचन प्रक्रियाले पार्टी अनेक बनाउँदैन। अझै स्वच्छ मर्यादित निर्वाचन प्रक्रियाले त पार्टीलाई सुदृढ र एकताबद्ध बनाउँछ, उनले भने, बरू निर्वाचनमा अस्वस्थ गतिविधि नहोस् भनेर हामी सचेत छौं। निर्वाचनले पार्टी बिग्रँदैन। अझै राम्रो हुन्छ।


प्रतिकृया दिनुहोस्