Hamro Sanchar

कुवेतको अस्पतालमा अचेत अवस्थामा उपचाररत चौधरीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १० गते


काठमाडौं, जेठ ८- कुवेतको अस्पतालमा अचेत अवस्थामा उपचाररत ओम प्रकाश चौधरीको मृत्यु भएको छ । त्यहाँको फर्वानिया अस्पतालमा उपचाररत नवलपरासी सुस्ता पुर्व देवचुली-२ स्थाइ घर भएका ३८ बर्षिय चौधरीको मंगलबार (हिजो) साँझ निधन भएको हो ।

ब्लड प्रेसरका कारण हार्ट स्ट्रोक भएर अस्पतालमा लगभग १३ दिनदेखि उपचार गराइरहेका चौधरी ८ महिना पहिले मात्र कुवेत पुगेका हुन् । उनि कुवेतको अल अहमदिया जेनेरल ट्रेडीङ एन्ड कन्ट्राक्टिङ कम्पनिमा हेभी ड्राइभरको रुपमा कार्यरत थिए ।

सोमबार मात्र एनआरएनए कुवेतका अध्यक्ष रन ध्वोज लामासहितको टोलि उनको अवस्था बुझ्न अस्पताल पुगेको थियो । उपचार र आवश्यक सहयोगको प्रक्रिया सुरु हुँदै गर्दा उनको निधन भएको भन्दै एनआरएनए कुवेतका अध्यक्ष लामाले दुख व्यक्त गरे ।

घटना बारे त्यहाँस्थित नेपाली राजदूतावासमा आधिकारिक जानकारी आइसकेकोले मृतकको शव छिटोभन्दा छिटो स्वदेश फर्काउन पहल गरिने दुतावासका एक प्रतिनिधिले बताए ।

यो पनि पढ्नुहोस्- कुवेतको फर्वानिया अस्पतालमा एक नेपाली अचेत अवस्थामा


प्रतिकृया दिनुहोस्