काठमाडौं, जेठ ९- कुवेतमा एक नेपाली पुरुष अचेत अवस्थामा उपचाररत भेटिएका छन् । त्यहाँको फर्वानिया अस्पतालमा नवलपरासी सुस्ता पुर्व देवचुली-२ स्थाइ घर भएका ३८ बर्षिय ओम प्रकाश चौधरी अचेत अवस्थामा उपचाररत रहेका हुन् ।
अल आहमदिया जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनिमा हेभी ड्राइभरको लागि ८ महिना पहिले मात्र कुवेत आइपुगेका चौधरी उच्च रक्तचापका कारण हार्ट स्ट्रोक भएकोले गत ११ मे का दिन अस्पताल पुगेका थिए ।
हाल उनलाइ भेन्टिलेटरद्वारा श्वास प्रस्वास गराइरहेको छ । डाक्टरकाअनुसार उनको अवस्था गम्भीर छ । उनको फर्वानिया हस्पिटलको वार्ड २८ मा उपचार भैरहेको छ ।
सोमबार एनआरएनए कुवेतका अध्यक्ष रन ध्वोज लामाको टोलि उनको अवस्था बुझ्न अस्पताल पुगेको थियो । अध्यक्ष लामाले यस बिसयमा तुरुन्तै नेपाली दूतावासमा खबर गरेको बताएका छन् ।