काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २३।२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो।
कप्तान रोहित पौडेल ३० र कुशल मल्ल ३२ रनमा नटआउट छन्। मध्यक्रमका ब्याटर रोहित र कुशलले नेपालको इनिङ्स सम्हालिरहेका छन्। रोहित र कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका छन्।
उत्कृष्ट सुरुआत गरेको नेपालले ३ रन बनाउन ३ विकेट गुमाएको थियो। पहिलो विकेटका लागि कुशल र आशिफले ७७ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। ३९ बलमा ७ चौका र १ छक्काको मद्दतमा ४३ रन बनाएर कुशल क्याच आउट भए। त्यसपछि ३ रन जोड्न नेपालले भीम सार्की र आशिफ शेखलाई गुमायो।
आशिफ शेख ३१ रन बनाउँदा क्याच आउट भए। २८ बलको सामना गरेका आशिफले १ चौका र ३ छक्का हाने। तेस्रो नम्बरमा ब्याटिङमा आएका भिम सार्की १ रनमा क्याच आउट भए। कुवेतका लागि एडनास एड्रसले २ तथा मोहम्मद मनिवले एक विकेट लिए।