
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।
महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पोखरेलको जिकिर छ ।
उनले भने, ‘पार्टीलाई सामूहिक नेतृत्व, विधि र पद्धति ठिक ढङ्गले चलाउने उद्देश्यले मेरो उम्मेदवारी हो ।’
उनले काठमाडौं आएका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीलाई पुनर्गठित र पुनर्व्यवस्थित गर्ने पक्षमा उभिन आह्वान गरे । पोखरेल अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । दुवै पक्षले प्यानल नै खडा गरेर चुनावी मैदानमा होमिँदै छन् ।


















