Skip

Hamro Sanchar

लेखराज भट्ट सचिवको उम्मेदवार नबन्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २९ गते


काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओली प्यानलबाट सचिव उम्मेदवारमा नाम आएपछि भट्टले त्यसबारे थाहा नभएको बताए । उनी उपमहासचिव पदका दाबेदार हुन् ।

आफू यसअघि नै सचिव भइसकेकाले उक्त पदमा फेरि उम्मेदवार नबन्ने बताएर उनी नेताहरूसँगको छलफलमा रहेको स्रोतले जनाएको छ ।


प्रतिकृया दिनुहोस्