Hamro Sanchar

जब डेङ्गु रोक्न लामखुट्टेको बन्ध्याकरण गरियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, ५ गते


Advertisement

एजेन्सी । अर्जेन्टिनामा डेंगु ज्वरोसँग लड्नका लागि वैज्ञानिकले एउटा प्रयोग गरेका छन् । उनीहरुले रेडिएशनमार्फत् लामखुट्टेको बन्ध्याकरण गरिरहेका छन् ।

नेशनल एटोमिक एनर्जी कमिसन ९सीएनईए० की बायोलोजिस्ट मारियानेला गार्सिया अल्बाले बन्ध्याकरणको तरिकाबारे जानकारी दिएकी छिन् । वैज्ञानिकले आयोनाइजिङ एनर्जीमार्फत् भाले लामखुट्टेको बन्ध्याकरण गरिरहेको उनले बताइन् ।

सन्तान जन्माउन सक्दैनन्

यो प्रक्रियापछि भाले लामखुट्टेलाई छोडिन्छ । यसरी बन्ध्याकरण गरिएका भाले लामखुट्टेले पोथी लामखुट्टेसँग मिलेर सन्तान जन्माउन सक्दैनन् । यसरी यिनीहरूको जनसङ्ख्या कम हुनेछ ।

हरेक हप्ता १० हजार लामखुट्टे

वैज्ञानिकले हरेक हप्ता दस हजारभन्दा बढी लामखुट्टेको बन्ध्याकरण गरिरहेका छन् । यिनीहरूलाई केही समयपछि बाहिर छोडिनेछ ।

४० हजारभन्दा बढीलाई डेंगु ज्वरो

अर्जेन्टिनामा डेंगु एक ठुलो खतरा बनिसकेको छ । लामखुट्टेले टोकेपछि हुने यो रोगको यस वर्ष हालसम्म ४० हजारभन्दा बढी बिरामी भेटिइसकेका छन् ।


प्रतिकृया दिनुहोस्