Hamro Sanchar

फेरि बढ्दै कोरोना : ७६ जनामा संक्रमण पुष्टि, २२७ जना संक्रिय संक्रमित

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २० गते


Advertisement

काठमाडौ । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको परीक्षण गर्दा २७ जना कोरोना संक्रमित छन् ।

यस्तै कोरोनाका १६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर २२७ जना कोरोनाको संक्रिय संक्रमति रहेका छन् ।


प्रतिकृया दिनुहोस्