Hamro Sanchar

कागेश्वरी मनोहरामा बुधबारबाट फाईजर बाईभ्यालेन्ट खोपको बुस्टर मात्रा दिइने, यी हुन् केन्द्रहरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, ६ गते


Advertisement

काठमाडौं, चैत ६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले कोभिडविरुद्धको फाईजर बाईभ्यालेन्ट खोपको बुस्टर मात्रा लगाउन छुटेका नगरबासीलाई बुस्टर खोप लगाउन अपिल गरेको छ ।

नगरपालिकाले आज एक सुचना जारी गर्दै बुस्टर मात्रा लगाउन छुटेका ५५ वर्ष माथिका बुस्टरको पहिलो र दोश्रो मात्रा लिन बाँकी व्यक्तिहरु, स्वास्थ्यकर्मीहरु, १२ वर्ष माथीका रोग प्रतिरोध क्षेमता कम भएका दिर्घ रोगी व्यक्तिहरु, गर्भवती महिलाहरु तथा पूर्णमात्रा लगाएको ३ महिना पुरा भएका र पहिलो बुस्टर लगाएको ६ महिना पुरा भएका व्यक्तिहरुलाई बुस्टर मात्र लगाउन अनुरोध गरेको छ ।

खोप कार्यक्रम ८ गतेबाट १० गतेसम्म लगाइने बताइएको छ ।

नगरपालिकाले यसको लागि मुलपानी नगर अस्पताल र नगरपालिका भित्रका सबै स्वास्थ्य चौकीबाट खोप कार्यक्रम संचालन हुने जानकारी नगरबासीलाई जानकारी गराएको छ ।


प्रतिकृया दिनुहोस्