Hamro Sanchar

दोलखामा शान्तिपुर्वक मतदान हुँदै, १० प्रतिशत मत खस्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १५ गते


दोलखा, मंसिर १५- दोलखाका १० मतदान केन्द्रमा शान्तिपुर्वक रुपमा मतदान भैरहेको छ । जिल्लाको प्रदेशसभा क्षेत्र नम्बर १ का दुई स्थानिय तहको १० मतदान केन्द्रमा शान्तिपुर्वक रुपमा मतदान जारी रहेको हो । बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रका क, ख र ग मतदान केन्द्र र तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख गरी १० मतदान केन्द्रमा उत्साहजनक रुपमा निर्वाचन जारी रहेको छ ।

१० मतदान केन्द्रमा हालसम्म १० प्रतिशत मत खसेको बताइएको छ । पुन निर्वाचन हुन लागेका मतदान केन्द्रमा ८ हजार ५ सय १४ जना मतदाता रहेका छन् ।

सो स्थानमा यसअघि मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन रद्ध गरेर निर्वाचन आयोगले पुन गर्न निर्देशन दिएको थियो । आयोगले निर्देशनसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको मिती तोकेसँगै आज पुन निर्वाचन भइरहेको हो । निर्वाचन अपरान्ह ५ बजे सम्म जारी रहनेछ ।


प्रतिकृया दिनुहोस्