काठमाडौँ, मंसिर २- प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार राति १२ बजेदेखि मौन अवधि अर्थात् स्थिर समय सुरु भएको छ । उक्त मौन अवधि मत गणना नसकिँदासम्म रहने छ ।
तर मौन अवधि सुरु भएपछि कलाकार दीपकराज गिरीले आफ्नो सामाजिक सञ्जालमार्फत नेताहरूलाई व्यंग्य गरेका छन् । उनले फेसबुकमा नयाँ नेताले चुनाव जितेको खण्डमा कम्तीमा २ वर्ष देशमा भ्रष्टाचार नहुने टिप्पणी गरेका हुन् ।