Hamro Sanchar

आज विजया दशमीको तेस्रो दिन, टीका र जमरा ग्रहण गर्नेक्रम जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, २१ गते


काठमाडौं, असोज २१- आज बडा दशैँ अन्तर्गत विजया दशमीको तेस्रो दिन, आफन्त तथा मान्यजनबाट टिका र जमरा ग्रहण गर्ने क्रम जारी छ ।
विजया दशमी अर्थात टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसादको रुपमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन रहेको छ । विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टिका लगाउने परम्परा छ ।

पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टिका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसै मनाइँदै आएको छ ।


प्रतिकृया दिनुहोस्