Hamro Sanchar

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ३० र ३१ मा, क-कसले दिन पाउछन् ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १७ गते


Advertisement

काठमाडौं, भदौ १७- कक्षा १२ बोर्ड परीक्षाको ग्रेड वृद्धिका लागि असोज ३० र ३१ गते परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले २ विषयमा नन ग्रेडिङ आएका परीक्षार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने बताए ।

नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० विद्यार्थी परेका छन् । उनीहरूमध्ये ग्रेड वृद्धिका लागि १ लाख ३० हजार ८७८ जनाले दिन पाउनेछन् । जम्मा ३ लाख ६३ हजार ८ जनाले परीक्षा दिएका थिए । बोर्डले पहिलो पटक नन ग्रेडिङ प्रणाली लागू गरेको थियो । जसमा प्रयोगात्मकमा ४० र सैद्धान्तिकमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी फेल भएको मानिने छ ।

२ विषयमा नन ग्रेड आएका विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउनेछन् । २ विषयभन्दा बढीमा नन ग्रेड आएका विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने छ ।

यो पनि पढ्नुहोस्- यसरी हेर्न सकिन्छ कक्षा १२ काे नतिजा


प्रतिकृया दिनुहोस्