
काठमाडौं, भदौ १७- देशभर थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२ हजार ८६९ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । १५९५ जनाको पिसिआर परीक्षण गर्दा १३४ र १२७४ जनाको परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको हो ।
३९८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन् ।
यसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने २८९१ जना सक्रिय संक्रमित छन् ।