Hamro Sanchar

कोरोना संक्रमण झन् बढ्दै, एकैदिन थपिए यति धेरै, एकको मृत्यु

प्रकाशित : २०७९ साउन, १६ गते


काठमाडौं, साउन १६- पछिल्लो २४ घन्टामा देशभर थप ८९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

५ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

तीन हजार ६८५ जनाको पिसिआर र दुई हजार २२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर ४ हजार ९३४ जना सक्रिय संक्रमित छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा मा एक जनाको मृत्यु भएको छ। २६४ जना संक्रमित निको भएका छन् ।


प्रतिकृया दिनुहोस्