Hamro Sanchar

काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, १५ गते


Advertisement

काठमाडौं, असार १५- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार उपत्यकामा असार २ देखि बुधबारसम्म (१३ दिनको बीचमा) गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।

आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो । मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाइ जिवाणु भेटिएको छ ।

प्रवक्ता डा. मिश्राले हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान आग्रहसमेत गरेकी छन् ।


प्रतिकृया दिनुहोस्