Hamro Sanchar

श्रीलंकाले भन्यो- हामी टाट पल्टियौं, अब के हुन्छ भन्न सकिन्न

एजेन्सी प्रकाशित : २०७९ असार, ९ गते


काठमाडौं, असार ९- श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताएका हुन् ।

विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उनको भनाइ छ ।

देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेले बताएका छन् ।

श्रीलंकाका सामु इन्धन, ग्यास, विद्युत र खाद्यान्न अभावको समस्या मात्रै छैन भन्दै उनले अवस्था त्यो भन्दा निक्कै नै भयावह रहेको बताए ।

त्यहाँको संसदलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले समस्या यो भन्दा चर्कियो भने के हुन्छ भन्न नसकिने पनि बताए ।


प्रतिकृया दिनुहोस्