२० कार्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै समेटियो।
चितवनको जितमा रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए भने कमलसिंह ऐरीले तीन विकेट झारे। पोखराका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
त्यसअघि पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो।
शिकन्दर राजाले १६ बलमा ३७ रन र रवि बोपाराले ३५ रनको योगदान दिए। अर्जुन साउदले ३१ तथा डेभिड मलानले २८ रन बनाए।
जितसँगै पाँच अंक जोडेको चितवन चार खेलबाट तेस्रो स्थानमा उक्लिएको छ। यता पोखराले लगातार चौथो हार बेहोरेसँगै प्लेअफ यात्रा निकै कठिन बनेको छ। बाँकी खेल जित्दा पनि पोखराले अधिकतम ६ अंक मात्रै जोड्न सक्नेछ।
























